दसैं
From Wikipedia
दसैं (पर्यायवाची शब्द: विजया दशमी, ठूलो दसैं; नेपाल भाषा: मोहनी; हिन्दी: नवरात्री) हिन्दूहरुको एक महान चाड हो| नेपाल अधिराज्यमा सबै भन्दा धेरै मानिसले मनाउने चाड हरुमध्ये यो एक प्रमुख चाड हो|
[परिवर्तन्] किंवदन्ती
यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ|
[परिवर्तन्] नेपाली समाजमा महत्व
नेपाली समाजमा दसैंको निकै ठूलो महत्व छ| यस चाडका विशेषताहरु तल वर्णन गरिएका छन्
- टिका थाप्ने
दसैंको टिकाको दिन ठूलाबडाहरुबाट टिका ग्रहण गर्ने चलन छ| सो चलन अनुसार घरभन्दा पर तथा विदेशमा गएका नेपालीहरु पनि घर फर्किन्छन्|