Web - Amazon

We provide Linux to the World


We support WINRAR [What is this] - [Download .exe file(s) for Windows]

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
SITEMAP
Audiobooks by Valerio Di Stefano: Single Download - Complete Download [TAR] [WIM] [ZIP] [RAR] - Alphabetical Download  [TAR] [WIM] [ZIP] [RAR] - Download Instructions

Make a donation: IBAN: IT36M0708677020000000008016 - BIC/SWIFT:  ICRAITRRU60 - VALERIO DI STEFANO or
Privacy Policy Cookie Policy Terms and Conditions
चलचित्र - Wikipedia

चलचित्र

From Wikipedia

चलचित्र 'आमा' को वि.स. २०२२ सालको असोजमा प्रर्दशन भयो । सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालमा नीजि लगानीमा निर्माण थालिएको चलचित्र 'माइतीघर' भने 'आमा' भन्दा पछाडी मात्र सार्वजनिक भयो । भाषाका हिसाबले भने यि चलचित्र भन्दा अगाडी नै भारतमा २००८ सालमा निर्मित चलचित्र 'सत्य हरिश्चन्द्र'को नेपालीमा पनि डबिङ्ग गरेर सार्वजनिक गरिएको थियो । नेपाली चलचित्रले चार दशक भन्दा लामो इतिहास बनाईसकेको छ । धेरै संख्याका दर्शकको भने थुप्रै कारणले मन जित्न सकेको छैन् । नेपाली चलचित्र सम्बद्ध जानाकारी प्राप्त गर्न सहज छैन । विश्व सन्जाल बनेको इन्टरनेटमा पनि यस्ता सामाग्रीको उपस्थिती न्यून छ । २०६२ साल बाट सुरु गरिएको इन्टरनेट पत्रिका फिल्मनेपाल डट कमले यसको अभाव खड्किन नदिने कोसिस गरेको छ । सिनेकर्मीको इन्टरनेटमा कम पहुच र रुचिका कारण यसले अझै ब्यबसायिक रुप लिन सकेको छैन । अहिलेको जमानामा ब्यबसायिक रुपले सशक्त नभई निरन्तर काममा लाग्न पक्कै सजिलो छैन ।


नेपाली सिनेमाको पहिलो.... का लागि तल केही तथ्यहरु संकलित छन् :----


शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र 'मनको बाँध' हो ।
नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र 'सिन्दुर' हो । यसका निर्देशक प्रकाश थापा हुन् ।
नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै छपाई भएको पहिलो नेपाली चलचित्र 'चोखोमाया' यसका निर्देशक रविविक्रम शाह हुन् ।
नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र 'प्रतिक्षा' हो ।
नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै प्रशोधन भएको पहिलो नेपाली चलचित्र 'रक्षा' यसका निर्माता/निर्देशक प्रेम बानियाँ हुन् ।
काठमाडौं उपत्यकाका विभिन्न हलहरुमा संयुक्त रुपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र 'सिन्दुर' यसका निर्देशक प्रकाश थापा हुन् ।
नेपाल भाषा -नेवार जातिको भाषा) मा बनेको पहिलो चलचित्र कुन हो - - सिलु -२०४४- प्रथम पर््रदर्शन) । नेपाल भाषाको पहिलो चलचित्र 'शिलु' हो । यसका निर्देशक प्रदीप रिमाल हुन् ।
रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र 'कुसुमे रुमाल' यसका निर्देशक तुलसी घिमिरे हुन् ।
बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र 'गोपीकृष्ण' हो । यसका निर्देशक उद्धव पौडेल हुन् ।
कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र 'भाउजू' हो । यसका निर्देशक राजेन्द्र शलभ हुन् ।
हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र 'माउते दाई' हो । यस चलचित्रका निर्देशक युवराज लामा हुन् ।
बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको पहिलो ऐतिहासिक नेपाली चलचित्र 'प्रेमपिण्ड' हो । यसका निर्देशक यादव खरेल हुन् ।
पहिलो नेपाली गीति-चलचित्र 'गौथली' हो । यस चलचित्रका निर्देशक वसन्त श्रेष्ठ हुन् ।
आदिकवि भानुभक्तको जीवनीमा आधारित पहिलो नेपाली गीति चलचित्र 'आदिकवि भानुभक्त' हो । यसका निर्देशक यादव खरेल हुन् ।
पहिलो नेपाली महिला निर्देशक सुचिता श्रेष्ठले निर्देशन गरी बनाइएको चलचित्र 'प्रेमयुद्ध' हो ।
लिम्बु समुदायमा विद्यमान 'रूपौली सुनौली प्रथा' मा आधारित भई बनाइएको चलचित्र 'नुमाफुङ' का निर्देशक को हुन् - - नवीन सुब्बा । लिम्बू संस्कृतिमा आधारित भएर बनेको पहिलो चलचित्र 'नुमाफुङ' हो भने दोस्रो चलचित्र 'वसन्त ऋतु' हो । यो चलचित्र सिक्किममा बनेको हो ।
चेलीबेटी बेचबिखनसम्बन्धी कथामा आधारित चलचित्र 'चमेली'का निर्देशक रवि बराल हुन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन' मा आधारित चलचित्रमा मुना र मदनको भूमिका क्रमशः दीपक त्रिपाठी र उषा पौडेल निभाएका छन् ।
नेपाली भाषाको पहिलो चलचित्र 'सत्य हरिश्चन्द्र' का निर्देशक डी. बी. परियार हुन् । डी. बी. भनेर दिव्य विक्रम बुझिन्छ । 'सत्य-हरिश्चन्द्र' को प्रथम पर््रदर्शन २००८ साल भदौ ३० गते भएको थियो । यो चलचित्र भारतमा बनाइएको थियो ।
हाँस्यअभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र '..............' हो । उक्त चलचित्रमा हाँस्यअभिनेता गोपालराज मैनाली थिए ।
अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र 'गोपी कृष्ण' हो । यसमा राजेश हमाल नायक थिए ।
नेपालमै बनेको पहिलो पौराणिक चलचित्र 'श्री स्वस्थानी' -२०५२) कसले निर्देशन गरेका थिए - - यादव खरेल ।
नेपाली भूमिमै बनाइएको पहिलो चलचित्र 'आमा' -२०२२) बन्नुअघि दार्जिलिङमा बनाइएको तर रिलमा आगो लागेर ध्वस्त भएको चलचित्र कुन हो - त्यसका निर्देशक को थिए - - सपना कतिपय । निर्देशक ः प्रताप सुब्बा ।
आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायक कसलाई मानिन्छ - - शिवशंकर मानन्धर ।
आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायिका कसलाई मानिन्छ - - भुवन चन्द ।
जनआन्दोलन २०४६ का कमान्डर गणेशमानसिंहको जीवनीमा आधारित चलचित्र 'वीर गणेशमान' मा युवा गणेशमानको भूमिका निर्वाह गर्ने युवक को हुन् - - रामकृण महर्जन ।
नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र कुन हो - - माइतीघर -२०२२-२३) । नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र- माइतीघर -२०२२-२३) का निर्देशक को हुन् - - बी. एस. थापा । नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र- माइतीघर -२०२२-२३) पछि बनेको अर्को नीजि क्षेत्रको चलचित्र कुन हो - - जुनी -२०३९-४०) ।
नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार को हुन् - उनले संगीत दिएको पहिलो चलचित्र कुन हो - - शान्ति ठटाल । चलचित्र- परालको आगो -२०३४) ।
नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिला को हुन् - उनले नृत्य निदर्शेन गरेका पहिलो चलचित्र कुन हो - - शान्ता नेपाली । चलचित्र- बा“सुरी -२०३७-३८) ।

Our "Network":

Project Gutenberg
https://gutenberg.classicistranieri.com

Encyclopaedia Britannica 1911
https://encyclopaediabritannica.classicistranieri.com

Librivox Audiobooks
https://librivox.classicistranieri.com

Linux Distributions
https://old.classicistranieri.com

Magnatune (MP3 Music)
https://magnatune.classicistranieri.com

Static Wikipedia (June 2008)
https://wikipedia.classicistranieri.com

Static Wikipedia (March 2008)
https://wikipedia2007.classicistranieri.com/mar2008/

Static Wikipedia (2007)
https://wikipedia2007.classicistranieri.com

Static Wikipedia (2006)
https://wikipedia2006.classicistranieri.com

Liber Liber
https://liberliber.classicistranieri.com

ZIM Files for Kiwix
https://zim.classicistranieri.com


Other Websites:

Bach - Goldberg Variations
https://www.goldbergvariations.org

Lazarillo de Tormes
https://www.lazarillodetormes.org

Madame Bovary
https://www.madamebovary.org

Il Fu Mattia Pascal
https://www.mattiapascal.it

The Voice in the Desert
https://www.thevoiceinthedesert.org

Confessione d'un amore fascista
https://www.amorefascista.it

Malinverno
https://www.malinverno.org

Debito formativo
https://www.debitoformativo.it

Adina Spire
https://www.adinaspire.com