ज्ञानेन्द्र वीर विक्रम शाहदेव

From Wikipedia

ज्ञानेन्द्र वीर विक्रम शाहदेव
Enlarge
ज्ञानेन्द्र वीर विक्रम शाहदेव

वर्तमान राजा, नेपाल

जन्म: जुलाई ७, १९४७

राजा ज्ञानेन्‍द्र दोस्रो पटक राजा हुने पहिला र सम्भवतः अन्तिम व्यक्ति हुन्। राणा शासनकालमा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्र देश छाडेर भारत गएपछि राणाहरूले उनलाई राजा बनाएका थिए। त्यसको पचास वर्ष पछि आफ्ना भतिजा युवराजाधिराज दीपेन्द्र वीर बिक्रम शाहले गरेको भनिएको राजा वीरेन्द्रको वंश विनाश पछि उनी पुनः नेपाल अधिराज्यका राजा भएका हुन। कुख्यात दरवार हत्याकाण्डमा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभए लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको अधिकांश नेपालीहरूको आशंका छ तापनि राजनितिक कारण र प्रशासनको डरका कारण त्यो भावना मुखर हुन सकेको छैन।

सत्तासीन भएको लगत्तै उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनितिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। फलतः केही समय अघिसम्म सक्रिय राजतन्त्रको अन्त भई संवैधानिक राजतन्त्र स्थापित होस् भन्ने पक्षमा रहेका नेपालीहरु राजा ज्ञानेन्द्रको अलोकप्रिय र तानाशाही शाही कदम पछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे। राजाले जनप्रतिनिधिहरूबाट सत्ता खोसेको करीब १५ महिना पछि संयुक्त जनआन्दोलन मार्फत जागेका जनता सामु उनीहरूको राजकीय सत्ता समर्पण गर्न राजा ज्ञानेन्द्र वाध्य भए। अहिले नेपाल अहिलेसम्मकै सबभन्दा ठूलो राजनीतिक र सामाजिक परिवर्तनको सँघारमा रहेको छ र राजा ज्ञानेन्द्र सत्ता सञ्चालनको लोभ दबाएर दरवारमै सीमित हुन पुगेका छन्।